Pages

Saturday, March 1, 2014

नेपाल पत्रकार महासंघ अधिवेनमा क्रान्तिकारी पत्रकार महासंघको धारणा

नेपाल पत्रकार महासंघ अधिवेनमा क्रान्तिकारी पत्रकार महासंघको धारणा के छ भन्ने विषयमा रोल्पा समाचार साप्ताहिकले हाम्रो जिल्ला कोषाध्यक्ष आशिष क्षेत्रीसँग गरेको कुराकानी ........................
१) तपाईको पत्रकारिता जीवनको संक्षिप्त रुपमा बताई दिनुहोस् न ?
मलाइ पत्रकारीताको विषयमा त्यति धेरै अनुभव पनि थिएन र म पत्रकारनै बन्छु भनेरर पत्रकारीता रोजेको पनि होइन म २०६४ सालमा लिबाङ झरे लिबाङ झरेपछि रोल्पा आवाज र रोल्पा समाचार दुवै प्रकाशनमा भए र केहि समय पछि रोल्पा रेडियो र रेडियो जलजलाको स्थापना भयो यिनै मिडियाहरुमा मैले पनि गाउँघर अनि समाज भएको घटनाहरुलाई यिनै मिडियाहरु समक्ष पु¥याउर्न थाले रेडियो र पत्रिकाबाट मेरो नाममा समाचार प्रशासर तथा प्रकाशन हुन थालेपछि मलाइ चिन्ने साथिहरुले मलाइ पत्रकार भन्न थाल्नुभयो त्यसैबाट म पत्रकार बन्नपुगे ।
२) तपाईले पत्रकारिता किन गर्नुभयो ?
मैले अगाडिनै भने म पत्रकारीतानै गर्छु भनेर पत्रकारीता शुरु गरेको होइन यसो भन्दै गर्दा म ग्रैह पत्रकार पनि होइन अब म पत्रकारीता पेशालाइ छोड्न सक्ने अवस्थामा छैन । किनभने यो पेशा संलग्न भएपछि बाहिर निश्कन अलि गाह्रो नै हुदो रहेछ । त्यसैले अब कलमबाटनै यात्रा शुरु गर्छु र अध्यारोमा उज्यालोको ज्योति र भोका नाङ्गाका लागि भोजन र बस्त्र बन्ने उद्देश्यले नै म पत्रकारिता गरेको हु । 

३) राजनीति र पत्रकारिता के हो ?
राजनिती भनेको नितीहरु मध्येको सर्वोच निती हो र पत्रकारिता भनेको राज्यको कार्यपालिका न्यायपालिका र ब्यवस्थापिकाले गरेको कामलाई जनता सम्म र गाउँघरमा भएका जनताहरुको समस्यालाई राज्य सम्म पु¥याउने माध्यमलाई नै पत्रकारिता हो । 
४) रोल्पा जिल्लाको पत्रकारिताको अबस्थालाई कसरी हेनुभएको छ ?
रोल्पा आफैमा विकट जिल्ला हो र यसै विकट जिल्लामा बसेर पत्रकारीता गर्दा एउटा चुनौति हुनु सामान्य हो । रोल्पाको सन्दर्भमा पत्रकारीताको अबस्था हेर्दा दुःखदायनै छ । द्धन्द पछि मात्र स्थापना भएको  सञ्चार माध्यमलाई आर्थिक तथा भौतिकरुपले हेर्दा निकै कष्टकर अबस्था रहेको पाइन्छ । 
५) यही २०७० साल फागुन २८ गते हुने  नेपाल पत्रकार महासंघ रोल्पाको अधिवेशनमा तपाईको संगठन र तपाईको धारणा के छ त ?
सवै संगठनहरुलाई अधिवेशन राम्रै सँग लागेको छ तर हाम्रो क्रान्तिकारी पत्रकार महासंघलाई भने अरुलाइ जस्तो लागेको छैन हाम्रो अनि मेरो व्यक्तिगत धारणा भन्नुपर्दा हाल सम्म सहमति र सहकार्यमा हुदै आएको अधिवेशलाई अहिलेपनि सहमति र सहकार्यमा हुनुपर्छ भन्ने हाम्रो अनि मेरो मान्यता हो । 
६) तपाईको संगठनको उम्मेद्वारी को हुनुहुन्छ ?
अहिले सम्म हामिले उमेदवारी उठाउने भन्नेबारे केहि छलफल गरेका छैनौ र हाम्रो साथिहरुले पनि केहि भन्ने कुरानै भएन यदि उमेदवारी दिनु प¥यो भने संगठनको निर्णयबाट योग्य अनि सक्षम उमेद्बारी उठाउन सक्छौ ।
७) तपाईको संगठनको अध्यक्षका लागि किन अझै निर्णय नभएको हो त ?
हाम्रो संगठनको निर्णय भै सकेको छ तर पनि अधिवेशन आउन अझै केहि दिन बाँकि भएकाले अहिलेनै अध्यक्षमा पठाउने व्यक्तिलाइ खुलाउन चाहेका छैनौ हामि यहि २७ गते महासंघको बैठक बस्दै छौ सोहि बैठकबाट हाम्रो दावि रहने पदका लागि हाम्रो उमेद्वारी बाहिर ल्याउनेछौ । 
८) कतिपय व्यक्तिहरु त आफूलाई पद नचाहिदाँ स्वतन्त्र तर पद चाहिएमा राजनीतिक भातृसंगठन, सुभेच्छुक संगठनबाट आउने प्रवृति बढेको छ भन्ने छ त ?
हो यो बास्तविकता नै हो हामि त्यस्ता व्यक्तिहरुलाई स्थान दिदैनौ र यो समस्या भनेको रोल्पाको मात्र होइन देशैभरी यस्ता नाट्यकारहरु भेटिने गरेको पाइन्छ र यस्ता नियत भएका व्यक्तिहरुले एक दिन अबस्यपनि धोका पाउछन् र संगठनलाइ पनि धोका दिन्छन् यस विषयमा भने अलि सोच्नै पर्छ ।
९) तपाईहरुका लागि कुन कुन पदका लागि आफ्नो उम्मेदवारी हो ?
हामि अझै उमेद्बारी यस्ले यो पदका लागि उमेद्वारी दिने भन्ने केहि छैन तर संगठनको निर्णय अनुसार अध्यक्ष सचिव जस्ता केहि पदमा हाम्रो पनि उमेद्बारी रहने छ ।
१०) विषय प्रसंग बदलौँ, अब पत्रकार महासंघ रोल्पा शाखाको अधिवेशन हुदँैछ । उहाँलाई क्रान्तिकारीकारी पत्रकार संघले अध्यक्षताका लागि अगाडि सारेको छ । उहाँ यस पत्रिकारकोको तर्फबाट हाम्रो उम्मेद्वार हो ? यिस पत्रिकारका प्रकाशक एवं कार्यकारी सम्पादक तथा पत्रकार महासंघ रोल्पामा लामो समय सचिवपदमा कार्य सम्पादन गर्नुभएका मानसिंह बिकले उमेद्वारी दिने घोषणा गर्नुभएको छ तपाईको उहाँलाई दिनु पर्ने सल्लाह सुझाव केही की  छ ?
उहाँ एक द्धन्द पत्रकार पनि हो युद्धको मैदानबाट कलम चलाउदै आउनु भएको व्यक्तिपनि हो र क्रान्तिकारी पत्रकार संघको पनि नेतृत्व गरिसक्नु भएकाले उहाँलाई दिनै पर्ने शल्लाह छैन उहाँले संगठन राम्रो सँग चलाउन सक्षम हुनुहुन्छ भन्नेमा विश्वस्त छौ ।
११) उहाँले रोल्पा जिल्लाको अझै भनौ भने पत्रिकाहरुको विकासका लागि निकै उत्साह पूर्ण ढंगबाट लाग्नुभएको छ अझै रोल्पा जिल्लाका सञ्चारकर्मी र सञचार माध्यमहरुका हितमा के गर्नुपर्दछ ।
उहाँ एक सक्रिय पत्रकारका रुपमा परिचित र संगठनको नेतृत्वमा उहाँ एकदमै सक्रिय पत्रकार हो । रोल्पा जिल्लामा क्रान्तिकारी पत्रकार संघलाइ राम्रै नेतृत्व गर्नु भएको थियो । अब फेरी नेपाल पत्रकार महासंघको नेतृत्व गर्न खोजि रहेको अबस्थामा उहाँले सवै छाता संगठन र सम्पुर्ण मिडियामा आबद्ध साथिहरुलाई मिलाएर लैजानु भयो भने उहाँको कार्यकाल र सञ्चार माध्यमका हिमा राम्रै हुनेछ भन्ने लागेको छ ।
१२) अबको महासंघ कस्तो बन्नुपर्दछ ?
अबको महासंघमा स्वच्छ छवि भएका व्यक्तिहरुको सहभागिता हुनुपर्छ कुनै पनि राजनितीको हिसावबाट छिरेर पछि आफुलाइ सक्रिय नदेखाउने पत्रकार साथिहरुलाई महासंघमा प्रवेश गराउनु हुदैन र सानो सक्रिय पत्रकारहरुको टिमले नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहि आएको छ ।   
१३) अन्त्यमा तपाईको संगठनले रोल्पा जिल्लाको मिडिया विकासका लागि के गर्न आवश्यक छ ?
पछिल्लो समयहरुमा रोल्पाको क्षेत्रमा मिडिया उत्पादन निकै राम्रो भएको छ । ३ ओटा रेडियो र ५ ओटा पत्रिकाहरु निरन्तर रुपमा चलिरहेका छन् । अबका दिनहरुमा यिनै मिडियाहरुलाई कुनै पनि राजनिती दलका मिडिया नबनाएर सिङ्गो रोल्पाली अनी नेपालीको मिडिया बनाउनु पर्छ भन्ने हाम्रो धारणा रहेको छ । यसो गर्दा मिडिया विकास राम्रै रहने छ ।

0 comments:

Post a Comment