Pages

Saturday, March 8, 2014

नेपाल कम्यनिष्ट पार्टी माओवादी १ नं. ईलाका रोल्पाको प्रथम इलाका स्तरीय सम्मेलन सम्पन्न

नेपाल कम्यनिष्ट पार्टी माओवादी १ नं. ईलाका रोल्पाको प्रथम इलाका स्तरीय सम्मेलन आज लिबाङमा सम्पन्न भएको छ । नेकपा माओवादीका केन्द्रिय समिति सदस्य अमर झाँक्री संजिवकुमारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि संजिले पार्थीको आसन्न जिल्ला सम्मेलन पार्टीको भावि कार्ययोजना बारे प्रशिक्षमुलक मन्तव्य दिनु भएको थियो प्रशिक्षणकै क्रममा सदनको बाघ नेपाल काङग्रेस र सडकको बाघ नेकपा माओवादी बताउनु भएको थियो ।
इलाको सेक्रेटरी विजयको अध्यक्ष तथा सह इन्चार्ज वादलको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सभमा नेकपा माओवादी मगरात राज्य सम्मेलन आयोजक समितिका सदस्य एव निवर्तमान जिल्ला सचिव रक्तिम तथा कर्मचारी साधरण समिति संयोजक अग्नीले शुभकामना दिनुभएको थियो ।
सम्मलेनको बन्दसत्रले दोर्ण बहादुर थापा विजयको सेक्रेटरी रहने गरि ४ सदस्य पछि थप्ने गरी २५ सदस्यीय इलाका समिती गठन गरिेको छ  समितिका अन्य सदस्यहरुमा वादल विजुली विश्लेषण जिवन विवेक गजुल विवेक लिबाङ गर्जन नरसि संगम मछिन्द्र, महेश हिमाल शिव गुरुप्रसाद लालबहादुर दिनमणी तेजरा केशनारायण सरीता र क्षितिज हुनुहुन्छ भने कार्यक्रमको संचालन विजुलीले गर्नुभएको थियो ।

0 comments:

Post a Comment