Pages

Monday, May 19, 2014

नेकपा–माओवादीद्धारा देशभर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र फोटो फिचर सहित

नेकपा–माओवादीले आज देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । त्यसै सिलसिलामा आज रोल्पाको लिबाङमा पनि एक कार्यक्रमका विच जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा भनिएको छ आज मुलुक गम्भीर राष्ट्रिय राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । दशवर्षको जनयुद्ध १९ दिने संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी–जनजाति आन्दोलनलगाएतका विगतका आन्दोलनहरुबाट प्राप्त उपब्धिहरु पनि गुम्दै गइरहेका छन् । मुलुक झन्–झन पश्चगामी दिशातर्फ गइरहेको छ । जनताको सङ्घीय गणतन्त्रात्म संविधान बन्ने प्रक्रिया

Friday, May 16, 2014

शोक बक्तब्य

क्रान्तिकारी पत्रकार महासंघ
जिल्ला समिति रोल्पा
शोक बक्तब्य
नेपाल पत्रकार महासंघका रोल्पा शाखा अध्यक्ष तथा क्रान्तिकारी पत्रकार महासंघको निवर्तमान अध्यक्ष श्री महेश न्यौपाने ज्यू को पुजनिय बुवा लिबाङ गाविस निवासी ६१ बर्षिय ऋषिराम शर्माको उपचारको क्रममा भारतको लखनउमा दुखत निधनले हाम्रो संगठन मर्माहत भएको छ । उहाँको निधनबाट हाम्रो संगठनले आफ्नो अभिभावक गुमाएको महसुस गरेको छ । 
हाम्रो संगठन दुखको यस घडिमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्वाञ्जली ब्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना ब्यक्त गर्दछ । 

                                  आशिष क्षेत्री
                            क्रान्तिकारी पत्रकार महासंघ
                                जिल्ला समिति रोल्पा

Thursday, May 15, 2014

थबाङमा १५ दिने विशेष केन्द्रिय जनसेवा सरल शिविरको आज उद्घाटन

थबाङ गाविसमा राष्ट्रिय युवा जनस्वयमसेवक केन्द्रिय समितिद्धारा आयोजित विशेष केन्द्रिय जनसेवा सरल शिविर कार्यक्रमको उदघाटन भएको छ । आज उद्घाटन भएको शिविर १५ गते सम्म सञ्चालन हुनेछ । ७५ ओटै जिल्लाबाट आएका प्रतिनिधि हरुको उपस्थितिमा उदघाटन भएको शिविरले थबाङको उमाबि बिद्यालय भवन निमार्णमा २ कोठे बिद्यालयकोठा थप गर्नमा श्रमदान गर्ने, भवन विकास निमार्ण सँग सम्बन्धित काम गर्ने, सहिदपरिवार सँग भेटघाट गर्ने , समुदायको सामाजिक कार्यमा सहयोग गर्ने लगायतका उदेश्य राखेको छ ।

Saturday, March 8, 2014

नेपाल कम्यनिष्ट पार्टी माओवादी १ नं. ईलाका रोल्पाको प्रथम इलाका स्तरीय सम्मेलन सम्पन्न

नेपाल कम्यनिष्ट पार्टी माओवादी १ नं. ईलाका रोल्पाको प्रथम इलाका स्तरीय सम्मेलन आज लिबाङमा सम्पन्न भएको छ । नेकपा माओवादीका केन्द्रिय समिति सदस्य अमर झाँक्री संजिवकुमारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि संजिले पार्थीको आसन्न जिल्ला सम्मेलन पार्टीको भावि कार्ययोजना बारे प्रशिक्षमुलक मन्तव्य दिनु भएको थियो प्रशिक्षणकै क्रममा सदनको बाघ नेपाल काङग्रेस र सडकको बाघ नेकपा माओवादी बताउनु भएको थियो ।

क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रोल्पाद्वारा प्रकाशित प्रेस विज्ञप्ति

२०७० साल फागुन २८ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको चौथो जिल्ला अधिवेशनको सन्दर्भमा जिल्लामा चुनावी माहोल बढिरहेको सन्दर्भमा क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रोल्पाको आज २०७० साल फागुन २४ गते शनिबार बसेको बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

नेकपा माओबादीको सम्मेलन चैत्र ५ गते हुने

 नेकपा माओबादी रोल्पाको चौथो जिल्ला सम्मेलन यहि चैत्र ५ गते सदरमुकाम लिबाङमा हुने भएको छ । पार्टी विभाजन पछि पहिलो पटक गर्न लागेको सम्मेलन भब्यरुपले सम्पन्न हुने माओबादीले जनाएको छ । सम्मेलनको जानकारी दिन भन्दै आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको तयारी ब्यापक भईरहेको बताईएको छ ।

जनयुद्धको जगमा जनबिद्रोह गर्नुपर्ने संजिवको उद्घोष

नेकपा माओबादीका केन्द्रिय सदस्य अमरसिंह झाक्रि संजिवले जनयुद्धको जगमा जनबिद्रोह गर्नुपर्ने बताउनु भएको छ । राज्य सत्ता मजदुर किसानको पक्षमा भएको भन्दै संजिवले उत्पीडनमा परेका सबै वर्ग जाती लिङको अधिकार स्थापित गर्नको लागि पनि जनबिद्रोह अपरिहार्य भएको बताउनु भएको छ ।

देश दुईवटा राजनैतिक धु्र्रवमा उभिएको भन्दै संजिवले गरिखाने र कजाईखाने बिच द्धन्द अन्त्य हुनु आवश्यक रहेको धारणा ब्यक्त गर्नु भएको छ । नेपालको राजनितिनै कसले चलाईरहेको छ भन्ने कुराको राजनैतिकदहरुले थाहा नहुदा पनि राजनैतिक ध्रुविकरण भएको उहाँको भनाई छ ।