Pages

Saturday, March 8, 2014

जनयुद्धको जगमा जनबिद्रोह गर्नुपर्ने संजिवको उद्घोष

नेकपा माओबादीका केन्द्रिय सदस्य अमरसिंह झाक्रि संजिवले जनयुद्धको जगमा जनबिद्रोह गर्नुपर्ने बताउनु भएको छ । राज्य सत्ता मजदुर किसानको पक्षमा भएको भन्दै संजिवले उत्पीडनमा परेका सबै वर्ग जाती लिङको अधिकार स्थापित गर्नको लागि पनि जनबिद्रोह अपरिहार्य भएको बताउनु भएको छ ।

देश दुईवटा राजनैतिक धु्र्रवमा उभिएको भन्दै संजिवले गरिखाने र कजाईखाने बिच द्धन्द अन्त्य हुनु आवश्यक रहेको धारणा ब्यक्त गर्नु भएको छ । नेपालको राजनितिनै कसले चलाईरहेको छ भन्ने कुराको राजनैतिकदहरुले थाहा नहुदा पनि राजनैतिक ध्रुविकरण भएको उहाँको भनाई छ ।

रोल्पा जिल्लाको चौथो जिल्ला सम्मेलको जानकारीका लागि भन्दै आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संजिवले पार्टीमा लामो समय देखि सुद्धिकरणको थालनि हुन नसकेले पार्टी कमिटीलाई सुद्धृत गर्न जिल्ला देखि केन्द्र सम्मको सम्मेलन गर्ने तयारी भईरहको बताउनु भएको छ । पार्टी संगठन भारी भर्कम भएकोले सानो, चुष्ट संगठन निर्माणमा आफुहरु लागिहरेको बताउनु भयो ।

रोल्पामा मात्र साढे ४ सय जिल्ला कमिटी भएको जानकारी गाराउदै ठुलो कमिटीकै कारण पार्टीमा जुझारु पन ल्याउन नसकिएको स्वीकार्नु भयो । पार्टीमा जनबादी केन्द्रियताको सिद्धान्तलाई बिस्तारै बिर्षने बानिको बिकास भईरहेको भन्दै  यसको अन्त्यको लागि पनि सम्मेलन अपरिहार्य भएको उहाँको भनाई छ ।

सम्मेलनमा रोल्पा जिल्लाको कम्युनिष्ट  आन्दोलनलाई समिक्षा गर्दै भावि रणनिति तयार  गरिने जानकारी दिनु भएको छ । २०१३ साल देखि ०४६ साल, ४७ साल देखि ५२ साल, ५२ देखि ६२÷६३को आन्दोन सम्म र ६३ साल देखि हाल सम्मको कम्यूनिष्ट आन्दोलनको बारेमा दष्तावेज तयार पारिने जानकारी समेत दिनु भएको छ । दस्तावेज मार्फत पार्टीको स्थापनाको चरण, ब्यापक पार्टी संगठन बिस्तार, ग्रामिण वर्ग संघर्ष र प्रतिरोध संघर्षको अवधी, त्याग तपस्या र बिरताको चरण र पार्टी फुट, संक्रमण काल भनेर विष्लेशन गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो ।

0 comments:

Post a Comment