Pages

Thursday, May 15, 2014

थबाङमा १५ दिने विशेष केन्द्रिय जनसेवा सरल शिविरको आज उद्घाटन

थबाङ गाविसमा राष्ट्रिय युवा जनस्वयमसेवक केन्द्रिय समितिद्धारा आयोजित विशेष केन्द्रिय जनसेवा सरल शिविर कार्यक्रमको उदघाटन भएको छ । आज उद्घाटन भएको शिविर १५ गते सम्म सञ्चालन हुनेछ । ७५ ओटै जिल्लाबाट आएका प्रतिनिधि हरुको उपस्थितिमा उदघाटन भएको शिविरले थबाङको उमाबि बिद्यालय भवन निमार्णमा २ कोठे बिद्यालयकोठा थप गर्नमा श्रमदान गर्ने, भवन विकास निमार्ण सँग सम्बन्धित काम गर्ने, सहिदपरिवार सँग भेटघाट गर्ने , समुदायको सामाजिक कार्यमा सहयोग गर्ने लगायतका उदेश्य राखेको छ ।
नेकपा माओबादी थबाङ गाउँ पार्टी र जिल्ला समितिको ब्यवस्थापनमा भएको शिविरको आयोजना राष्ट्रिय युवा जनस्वयमसेवक केन्द्रिय समितिले गरेको हो ।
राष्ट्रिय युवा जनस्वयमसेवक केन्द्रिय समिति अध्यक्ष उदय बाठाँ चलाउने दिपक को प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता महासचिव नेपबहादुर चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन रक्तिमले गर्नुभएको थियो । राष्ट्रिय युवा जनस्वयमसेवक मगरात राज्य समितिका संयोजक बिकिरणको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रममा नेकपा माओबादीका केन्द्रिय सदस्य अमर झाँक्री मगर संजीव , केन्द्रिय समित सल्लाहकार पुर्ण बहादुर रोकामगर गोरेदाई , नेकपा माओबादी का जिल्ला सेक्रेटरी केशबहादुर बाठाँमगर सुबास, सह–सेक्रेटरी जयप्रकास रोकामगर प्रताप, उमाबि थबाङका ब्यवस्थापन समित अध्यक्ष रेशम कुमार शाह लगायतको उपस्थिति रहको थियो । कार्यक्रमको उदघाटन दिपक र संजीवले संयुक्त रुपमा गर्नुभएको ।

0 comments:

Post a Comment