Pages

Sunday, March 2, 2014

एरिया नं. ३ को सम्मेलन सम्पन्न

दाना केसी
फाल्गुन १९ नेकपा–माओवादी ३ नं. एरिया को सम्मेलन मिझिङ सुलिचौरमा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा–माओवादी केन्द्रिय सदस्य अमर झाँक्रि (संजीव)को प्रमुख आतिथ्यता रहेको हो । कार्यक्रम संचालन सेक्रेटरी क.अग्नीले गर्नु भयो, स्वागत मन्तव्य गम्भीर वुढा एन्डीजले गर्नु भएको हो भने अध्यक्षता राज्य समिति सदस्य मनिराम वुढाथोकी विकासको रहेको हो । उक्त सम्मेलनले ।सेक्रेटरी गम्भीर बुढा (क.एन्डी) को नेतृत्वमा पछि ३ जना थप्ने गरी १७ जना सदस्य कमिटी चयन गरेको छ ।
सम्मेलनले यहि चैत्र ५ र ६ गते हुने जिल्ला सम्मेलनकोलागि प्रतिनिधी तथा पर्यवेक्षक पनि छनोट गरेको छ ।
केन्द्रिय सदस्य संजीवले पार्टीका शिद्धान्त र वास्तविक कार्यनितीको वारेमा बताउदै  कार्यकर्ताहरुलाई स्पस्ट पार्नु भएको थियो । नेकपा–माओवादी कहिल्यै पनि जनताको साथछोडेर फरक किसिमको बाटोमा नजाने प्रतिवद्ध व्यक्त गर्नु भएको छ । कुनै राजनीतिमा लाग्ने व्यक्तिले गद्धारी गर्छ भने त्योठाउँ त्यतिकै खाली रहदैन त्यसठाउँमा नयाँ जुझारु कार्यकर्ता आउने र कार्य शिद्ध गर्ने राजनैतिक नियम हो भनेर पनि संजीवले कार्यकर्ता माझ भन्नुभयो । रोल्पा अन्तराष्ट्रियमा चिनीने मौका पाएको छ र फेरी एक पटक स्थापीत भएर छोड्ने पनि बताउनु भयो ।

0 comments:

Post a Comment