Pages

Saturday, March 8, 2014

नेकपा माओबादीको सम्मेलन चैत्र ५ गते हुने

 नेकपा माओबादी रोल्पाको चौथो जिल्ला सम्मेलन यहि चैत्र ५ गते सदरमुकाम लिबाङमा हुने भएको छ । पार्टी विभाजन पछि पहिलो पटक गर्न लागेको सम्मेलन भब्यरुपले सम्पन्न हुने माओबादीले जनाएको छ । सम्मेलनको जानकारी दिन भन्दै आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको तयारी ब्यापक भईरहेको बताईएको छ ।
सम्मेलनलाई सम्पन्न गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । सम्मेलन सम्पन्न गर्नको लागि केन्द्रिय सदस्य संजिवको संयोजकत्वमा पं्रतिवेदन लेखन, जिल्ला इन्चार्ज केश बहादुर वाठा सुवाको संयोजकत्वमा आर्थिक संकलन, जिल्ला सह–इन्चार्ज सुन्दर कुमार वलीको संयोजकत्वमा ब्यवस्थापन र आश बहादुर पुन रक्तिमको संयोजनकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । जिल्ला सम्मेलन मार्फत अहिले भएको साढे ४ सयको जिल्ला कमिटीलाई ५५ देखि ७५ सम्मको बनाईने बताईएको छ । गाउँ कमिटीहरु पनि ३५ सदस्य सम्मको बनाईने जानकरी गरइएको छ । प्रचार प्रसार संयोजक आश बहादुर पुन रक्तिमले संचालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य अमरसिंह झाक्रि संजिवले सम्मेलन गर्नुको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा पत्रकार महासं रोल्पाका अध्यक्ष मौसम रोका मगर, महासंघका सस्थापक अध्यक्ष काशिराम डागी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष खेम बुढा लगाएत विभिन्न संचार माध्यममा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो भने अन्य पार्टी कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

0 comments:

Post a Comment