Pages

Tuesday, March 4, 2014

सहमति र सहकार्यमा सम्पन्न गर्नुपर्छ अध्यक्ष न्यौपाने

नेपाल पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार महासंघ रोल्पाको धारणा के छ त भनि जलजला पोष्टले क्रान्तिकारी पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेसँग गरेको कुराकानी 

१)तपाईले पत्रकारीताको सुरुवात कहिले देखि गर्न थाल्नु भएको हो ?
   प्रश्नको लागी धन्यवाद, मैले पत्रकारीताको थालनी २०५१ सालदेखी नै गरेको हुँ । महेन्द्र वहुमुखी क्याम्पस दाङमा अध्ययन गर्दा प्रत्येक हप्ताको मंगलवार जनादेश साप्ताहिक प्रकाशित हुन्थ्यो । सो पत्रिका घोराही स्थीत प्रगती पुस्तक सदनमा उसै दिन साँझ साझा वस मार्फत आईपुग्थ्यो । हामी पत्रिकाको पर्खाईमा वस आउनु भन्दा अगावै पसलमा जम्मा भैसकेका हुन्थ्यौ । पत्रिका पढ्ने वानी वसी सकेपछि आफैले समाचार पठाउन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । त्यति नै वेला दाङमा आधारभूत पत्रकारीता तालिम लिने मौका मिल्यो । त्यस पछि मेरो समाचार लेख्ने तथा पत्रिकामा छपाउने धोको पनि पुरा भयो ।
सुरुमा मैले नयाँ युगवोध साप्ताहिक ( हाल दैनिक ) र गाउँघर सात दिने भन्ने पत्रिकामा प्रशिक्षार्थि पत्रकारको रुपमा समाचार पठाएको हु । त्यस पछि काठमाण्डौवाट प्रकाशित हुने पृष्ठभूमि साप्ताहिक र रविवार साप्ताहिकको स्थानिय संवाददाताको रुपमा रोल्पा र दाङका समाचारहरु संप्रेशन गर्थे । त्यतिवेला अहिलेको जस्तो प्रविधि हाम्रो पहँुचमा नभएका कारण पत्रकारिता गर्न निकै गाह्रो समेत थियो ।
२) हाल पत्रकारीता कसरी चलिरहेको छ ?
   हाल म पत्रकारीतालाई व्यवसायको रुपमा भन्दा पनि आफुले विगत देखि गर्दै आएको र जिवनको एउटा सोखको पेशाको रुपमा अंगिकार गरेको हुदा निश्चित मिडियामा सिमित भएर भन्दा पनि आवश्यकता अनुसार विभिन्न मिडियाहरुमा समाचार संप्रेशन गर्ने तथा लेखहरु लेख्ने काम गर्दै आईरहेको छु । विभिन्न संघ संस्थाहरुले प्रकाशन गरेका मुखपत्र तथा स्मारिकाहरुको सम्पादन गर्ने काम पनि गर्दै आईरहेको छु । नयाँ जनदिशा दैनिकमा केही समय काम पनि गरे । हाल मेरो टार्गेट भनेको श्रमजीवि पत्रकारहरुको पेशागत र व्यवसियक हकहितका लागी वकालत गर्न क्रान्तिकारी पत्रकार महासंघ रोल्पाको नेतृत्व गरिरहेको छु ।

३) क्रान्तिकारी पत्रकार महासंघको कुरा गरिहाल्नु भयो, रोल्पा जिल्लामा यसको क्रियाशिलता कस्तो छ ?
   क्रान्तिकारी पत्रकारहरुको संगठनको रुपमा रहेको क्रान्तिकारी पत्रकार संघमा देखिएको वैचारिक विचलन, राष्ट्रिय आत्मसमर्पणवादी दृष्टिकोण तथा पथभ्रष्टीकरण चरित्रका कारण हामी सो संगठनवाट संवन्ध विच्छेद गर्दै क्रान्तिकारी पत्रकारहरुको छाता संगठनको रुपमा क्रान्तिकारी पत्रकार महासंघको गठन ग¥यो । शहिद कृष्ण सेन ईच्छुकका वाँकी रहेका सपना पुरा गर्न ईच्छुकको वास्तविक उत्तराधिकारीको रुपमा गठित यस संगठन हाल देशमा कृयाशिल पत्रकारहरुका वैचारिक  संगठनहरु मध्ये सवभन्दा कान्छो संगठन भएता पनि यसको संगठन देश व्यापी रुपमा फैलिएको छ । रोल्पा जिल्लाको  कुरा गनु पर्दा यसको गठन २०६९ साल मंसिर ८ गते लिवाङमा आयोजित जिल्ला भेलावाट भएको हो । हाल जिल्लामा यस संगठनले क्रियाशिल संगठनको वहिचान वनाउदै अगाडी वढीरहेको छ । नयाँ अभियान नामक मुखपत्र प्रकाशन, रोल्पा जिल्लामा उच्च राजनैतिक नेतृत्वको आगमनमा विभिन्न विषय तथा सवालहरुमा पत्रकार भेटघाट लगायतका कामहरु भैरहेका छन ।
४) आगामी दिनमा क्रान्तिकारी पत्रकार महासंघ रोल्पाको योजना के छ नी ?
  महत्वपुर्ण प्रश्न गर्नुभयो यसका लागी पुनः धन्यवाद , एक जिवन्त र अग्रगामी संगठन  हुनुको नाताले हाम्रो संगठनको आफ्नै दीर्घकालिन परिकल्पना सहितको योजना छ । हाल हामीले यस संगठनलाई अझै कृयाशिल वनाउन र आवद्ध पत्रकार साथीहरुलाई पेशा प्रति व्यवसायिक वनाउनका लागी विभिन्न तालिम, प्रशिक्षण तथा अन्तरक्रिया संचालन गर्ने सोच वनाएका छौ । निर्वाचन क्षेत्र स्तरमा समितिहरु गठन गरेर संगठनलाई अझै सक्रिय वनाउने, ग्रामिण पत्रकारीताको विकासका लागी प्रत्येक गा.वि.स.हरुमा पत्रकार तयार गर्न तालिमको आयोजना गर्ने कामलाई प्राथमिकतामा राखेका छौ । त्यसै गरि रेडियो जलजलाको एकाधिकारवादी र सर्वसत्तावादी सोचका विरुद्ध संघर्ष गर्ने योजना  पनि राखेका छौ ।
५) रेडियो जलजलाको एकाधिकारवादी र सर्वसत्तावदी सोच भन्नाले के भन्न खोज्नु भएको हो ?
  रेडियो जलजलाको स्थापना गर्नको लागीे सवै पक्षको उत्तिकै योगदान छ । हिजो संविधान सभाको निर्वाचन पश्चात रोल्पा जिल्लावाट निर्वाचित सभाषदहरु  सन्तोष वुढा, जयपुरी घर्ती, सन्तोषी वि.क., तारा घर्ती तथा खुमा सुवेदीहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा आएको लाखौ रुपैयाँ यसैमा खर्च भएको छ । भलै यसको खर्चको वारेमा पारदर्सि हिसाव देखाईएको छैन । त्यतिमात्र होइन स्व. नरवहादुर महराको योगदान त अतुलनिय छ । तर आज रेडियो जलजलाको अवस्था हेर्नु भयो भने खेद जनक छ । कुनै व्यक्ति विषेशको ससुरालीेले  दिएको दाईजो झै दुरुपयोग भएको छ रेडियो । संचालक समितिमा एकाधिकार, कर्मचारीमा एकाधिकार त्यतिमात्र होइन समाचारमा सेन्सरसिप जस्तै छ । अर्को पक्षको समाचार गयो भने समाचार वजाउन अनकन गर्ने गरिन्छ । अझै गएको नक्कली संविधान सभाको निर्वाचनको वेला त झन कुन स्तरको निर्लज्जता प्रदर्शन ग¥यो भन्ने कुरामा त सवै भुक्तभोगी नै छौ । रेडियो सवैको साझा हुनु पर्दछ भन्ने हाम्रो जोड हो ।
६)  अव प्रसङ्ग वदलौ, आगामी फाल्गुन २८ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको चौथो जिल्ला अधिवेशन हुदैछ , यस अधिवेशनवारे तपाईको संगठनको धारणा के छ ?
हाम्रो संगठन निर्माण हुदै गर्दै यसलाई नेपाल पत्रकार महासंघको समानान्तर संगठन भएको विरोधिहरुवाट हौवा फिजाईयो । हाम्रो संगठन क्रान्तिकारी पत्रकारहरुको छाता संगठन  हो भने नेपाल पत्रकार महासंघ सवै पत्रकारहरुको छाता संगठन हो यसरी हाम्रो संगठनको पनि छाता संगठन हो नेपाल पत्रकार महासंघ । नेपाल पत्रकार महासंघको विगतलाई हेर्दा यसको गौरवशाली ईतिहास छ, यो संगठन सधै अग्रगमन र लोकतन्त्रको पक्षमा उभिदै आएको हुदा यस संगठनमा हाम्रो उपस्थितिलाई अर्थपूर्ण वनाउन चाहेका छौ यद्यपी यो संगठन तटस्थ संगठन भन्ने पनि गरिन्छ । हाम्रो चाहाना भनेको त नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नेतृत्व यस पटक हाम्रो संगठनको तर्फवाट गर्न पाउनु पर्छ भन्ने हो किनकी यस पुर्व प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघ आवद्ध साथीहरुले नेतृत्व गरि सक्नु भएको छ । यद्यपी यो सवै काम सहमतीका आधारमा हवस भन्ने पनि हाम्रो सुभेच्छा हो । 
७) सहमतीका कुरा गर्नु भयो, सहमतीको संभावना कत्तिको छ ?
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको विगतलाई हेर्नु भयो भने यसको ईतिहास सहमती र सहकार्यको ईतिहास हो । यस पटक पनि हामी यो विरासतलाई कायमै राख्ने छौ ।
निर्वाचन हुने अवस्था सिर्जना भयो भने तपाईहरुको सहकार्य को संग हुन्छ ?
  नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको यस पटकको निर्वाचनमा मतदानमै गएर टुंगिन्छ भन्ने कुरामा त विश्वास छैन । यद्यपी निर्वाचन भईहाल्यो भने हामी को संग सहकार्य गरेर अगाडी वढ्ने भन्ने  कुरा त एजेण्डा मिल्ने संगठन संग नजिक हुने कुरा स्वभाविक भैहाल्यो , यसको मतलव हामी नेपाल आदीवासी पत्रकार महासंघ, दलित पत्रकार संघ तथा स्वतन्त्र पत्रकार साथीहरु संग छलफल गर्छौ साहेद एजेण्डाको हिसावले उहाँहरु र हामी निकै नजिक छौ । अन्य वैचारिक संगठनको हकमा भने हामी को संग सहकार्य गर्ने भन्ने विषयमा जिल्ला कार्य समितिको वैठकको निर्णय पश्चात मात्र भन्न सक्ने छौ ।
८) निर्वाचनमा गएमा तपाईहरुको जीत सुनिश्चित हुन्छ त ?
सहमती पनि निर्वाचनकै एउटा रुप हो निर्वाचनमा त गईन्छ नै तपाईको प्रश्न मतदान सम्म पुग्ने भन्ने हो भने हामी निश्चित रुपमा जित्न सक्छौ । यसको आधार पनि हामी  संग सवल छ , रोल्पा  जिल्लामा नेपाल पत्रकार महासंघको सदस्यता लिएका १०६  जना सदस्य मध्ये अधिकांश साथीहरु कुनै न कुनै संगठनमा आवद्ध हुनुहुन्छ ।  यस जिल्लामा कृयाशिल ४ वटा वैचारिक संगठन मध्ये प्रत्येको सदस्य संख्या २० देखी २५ सम्म छ । लगभग ८÷९ जना स्वतन्त्र पत्रकारहरु पनि हुनुहुन्छ । यद्यपी पत्रकार महासंघको  सदस्यता वितरणमा विभेद गरिएको थियो । यति हुदा हुदै पनि सवैको अवस्था लगभग एकैनासको छ । हाम्रो संगठन र नेपाल आदिवासी पत्रकार महासंघ तथा दलित पत्रकार  संघको एजेण्डाहरु धेरै नजिक भएका कारण एवं स्वतन्त्र पत्रकार साथीहरुले समेत हामीलाई सहयोग गर्ने वढी संभावना भएका कारण हाम्रो जितमा कुनै शंखा छैन ।
९) नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नेतृत्व गर्ने अवसर आएमा महासंघलाई कसरी अगाडी लैजानु हुन्छ ?
हाम्रो संगठनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नेतृत्व गर्न सक्ने सक्षम व्यक्तित्वहरु एक से एक हुनुहुन्छ । संगठनलाई नेतृत्व गर्ने गर्ने अवसर आयो भने हामी तयार छौ । यद्यपी हामी नेपाल पत्रकार महासंघको नेतृत्वमा पुगेमा केही सिष्टमको पनि विकास गर्न खोजेका छौ । नेपाल पत्रकार महासंघ सवै पत्रकारहरुको छाता  संगठन भएका कारण यसको नेतृत्व पनि साझा  हुनुपर्दछ ।  विगतमा जस्तै कुनै पार्टीको सक्रिय कार्यकर्ता भएर हिड्ने, पत्रकारहरुलाई पनि विभेदीकरणको आँखाले हेर्ने आदी कुरालाई न्यूनिकरण गर्नको लागी हामी आवद्ध संगठनको जिम्मेवारीवाट पदमुक्त भै सवैको स्वीकार्यताका लागी आधार तयार गर्नेछौ । त्यस पछि सवैको सहकार्य तथा सहयोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पालाई देशकै एक नमूना जिल्ला शाखाको रुपमा विकास गर्न योजनावद्ध ढंगले अगाडी वढ्नेछौ ।
१०) अन्तमा केही भन्नु छ की ?
  यो महत्वपूर्ण समयमा हाम्रो संगठनको दृष्टिकोण आम पाठक सामु ल्याउने कार्यमा जुन हिसावले सहयोग गनुभयो त्यसका लागी आभार व्यक्त गर्दछु । रोल्पाली जनताको सत्य तथ्य सूचना पाउने आशा र भरोसाको केन्द्र यस जलजला पोष्टको आगामी  दिन अझै सुखद रहुन शुभकामना ।

0 comments:

Post a Comment