Pages

Saturday, March 8, 2014

क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रोल्पाद्वारा प्रकाशित प्रेस विज्ञप्ति

२०७० साल फागुन २८ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको चौथो जिल्ला अधिवेशनको सन्दर्भमा जिल्लामा चुनावी माहोल बढिरहेको सन्दर्भमा क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रोल्पाको आज २०७० साल फागुन २४ गते शनिबार बसेको बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरुको छाता संगठन रहेकोमा दुई मत छैन । यसको संरचना निर्माण गर्दा सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र र आस्थाको समानुपातिक र न्यायोचित प्रतिनिधित्व सुनिश्चित भए मात्र यसले महासंघको मर्म ग्रहण गर्दछ । यस कारण यस जिल्लामा आगामी फागुन २८ गते हुन गइरहेको चौथो जिल्ला अधिवेशनका क्रममा हुने निर्वाचन कार्यक्रम पनि सहमतिमा हुनु पर्दछ । 
२. जिल्लामा क्रियाशील अन्य संगठनहरुले सहमति र सहकार्यको मर्म विपरीत आ–आफ्नो आस्था निकटका व्यक्तिहरुको नाम उदृढ गर्दै उम्मेद्वारी घोषणा गरेको सन्दर्भमा हाम्रो संगठन क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रोल्पाको तर्फबाट अध्यक्ष महेश न्यौपानेलाई महासंघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिएको छ । 

......................
(दीपेश पराइ विष्ट)
सचिव

0 comments:

Post a Comment