Pages

Monday, May 19, 2014

नेकपा–माओवादीद्धारा देशभर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र फोटो फिचर सहित

नेकपा–माओवादीले आज देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । त्यसै सिलसिलामा आज रोल्पाको लिबाङमा पनि एक कार्यक्रमका विच जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा भनिएको छ आज मुलुक गम्भीर राष्ट्रिय राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । दशवर्षको जनयुद्ध १९ दिने संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी–जनजाति आन्दोलनलगाएतका विगतका आन्दोलनहरुबाट प्राप्त उपब्धिहरु पनि गुम्दै गइरहेका छन् । मुलुक झन्–झन पश्चगामी दिशातर्फ गइरहेको छ । जनताको सङ्घीय गणतन्त्रात्म संविधान बन्ने प्रक्रिया
अवरुद्ध भएको छ । संविधानसभा २ बाट नयाँ संविधान बन्न सक्ने सम्भावना छैन । राष्ट्रिय राजनीतिक समस्याहरुको सम्बोधन गर्नका लागि विद्यमान राजनीतिक शक्तिहरुको बीचमा सर्वपक्षीय राजनीतिक गोलमेच सभा आयोजनाको पहल सरकारबाट अविलम्ब प्रारम्भ गरियोस् । मंसिर ४ गते ३३ दलीय राष्ट्रिय मोर्चाद्धारा आयोजित संविधानसभा २ को निर्वाचन बहिष्कारको क्रममा ताप्लेजुङ लगायत थुप्रै जिल्लाहरुमा हाम्रा नेता, कार्यकर्ता र जनतामाथि झुट्ठा मुद्दालगाइ ताप्लेजुङमा गिरफ्तार गरिएका बन्दी साथिहरु धु्रव मादेन, विप्चन आङ्बोहाङ्, विपेन्द्र लिम्बु, ख्यामाल लिम्बु, रक्की थेबे र दिमेन लिम्बुलाई अझै सम्म रिहा गरिएको छैन त्यसैले उक्त मुद्दाहरु खारेज गरी बन्दी साथीहरुलाई बिनाशर्त अविलम्ब रिहा गरियोस् भनिएको छ । 
ज्ञापन पत्र बुझाउदै नेकपा–माओवादीका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज अमर झाँक्री ‘संजिव’ले संविधान सभाको चुनाव भएको पनि ६ महिना भयो अझै पनि नेताहरुको भागबडामा लुचाचारी गरेको अबस्था रहेको छ त्यसैले यो संविधान सभालाई खारेज गर्नुपर्छ । २०४७ सालको संविधानलाई नेपालका राजनीतिक दलका नेताहरुले दक्षिण यसीयाको सवै भन्दा राम्रो भने तर त्यो ०५२ सालमा आउदा खेरी हामिले बन्दुक बाट उद्घोष गर्यो कि यो संविधानले नेपालको समस्या समाधान हुदैन त्यसैले अब नेपालले नयाँ जन संविधान पाउनु पर्छ भनि हामिले १० बर्षे जनयुद्ध सन्चालन ग¥यो । दश जर्षको जनयुद्धको जगमा उपस्थित रहेको १९ दिने जनआन्दोलनबाट प्राप्त म्यान्डेटलाई आज नेपालका राजनितक नेताहरु साचो अर्थमा संविधान जारी गर्न होइन झन बरु उनीहरुले संकटमा धकेलेका छन् । भर्खरै पेट्रोलियम पदार्थ लगाएत उपभोग्य समानमाहरुमा भएको मुल्य बृद्धि नेपालीका जनताकोलागि राहत होकि आहत हो ? यसले झन नेपाली जनताको आबश्यकतालाई समस्या तिर धकलेको बताउनु भयो । अहिले देखा परेका बेरोजगार, अशिक्षा, बिकृतिले देशलाई चौतर्फिरुपमा डिसअडर तर्फ धकेलिरहेको छ । त्यसैले यो कथित संविधानसभाको भङ्ग गर्दै सर्वापक्षिय राजनीतिक सभाको आयोजना गर्न माग गर्दछौ साथै कथित सविधान सभा निर्वाचनका दौरान देश व्यापिरुपमा लगाइएका झुट्टा मुद्दाहरुको खारेजि र बन्दि साथिहरुको विना सर्त रिहा गर्न विनम्र अनुरोध गर्दछौ ।
कार्यक्रमको सञ्चालन एक नं. एरिया इन्चार्ज फविन्द्र आचार्य (क्षितिज)ले गर्नुभएको थियो भने कार्यालय सचिव दल बहादुर के.सी. जागृतिले ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो 

0 comments:

Post a Comment